पछिल्लो २४ घन्टामा १४४२ जनामा कोरोना संक्रमण : १२ जनाको कोरोनाबाट मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ मंसिर २०७७, बिहीबार ०४:१२

काठमाडौं । पछिल्लो २४ घन्टामा १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ३ हजार ५ सय ३८ जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ४ सय ४२ जनासहित देशभर संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १६ जना पुगेको छ । संक्रमितमध्ये १ लाख ८२ हजार ७ सय ८० जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण १२ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय ५९ पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१