कपडासहित भ्यान र चालक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ मंसिर २०७७, बिहीबार ०४:०९

लहान । ठूलो परिमाणमा अवैध कपडासहित पिकअप भ्यान र चालकलाई प्रहरीले आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले रु १७ लाख २६ हजारभन्दा बढी मूल्य बराबरको अवैध कपडासहित पिकअप भ्यान र त्यसका चालक सुनसरीको गढी गाउँपालिका–४ का २१ वर्षीय सूर्यलाल उराउलाई पक्राउ गरेको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ च २७८४ नम्बरको पिकअप भ्यानलाई रोकेर जाँच गर्दा सो भ्यानमा सुती साडी, कढाइ साडी, वायल कपडालगायतका ३५ पोका कपडा शङ्कास्पद पाइएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए ।

स्वस्तिका टे्डर्स एण्ड सप्लायर्स विराटनगर–१४ को छ थान बिलपूर्जी र राजस्व अनुसन्धान विभागको अनलाइन बिल पूर्जी एक थान फेला परेकामा सो बिल पूर्जीहरु शङ्कास्पद रहेकाले नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१