सांसद विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ मंसिर २०७७, बिहीबार ०४:०८

काठमाडौं । कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले विश्वकर्माको उपचार खर्च बेहोर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

कोरोना भाइरसबाट संक्रमित सांसद विश्वकर्माको पहिले वीर अस्पतालमा उपचार भएकाे थियाे । स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनलाई ग्रान्डी अस्पताल लगिएकाे थियाे । ग्रान्डी अस्पतालमा उनलाई ६ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

विश्वकर्माको उपचारमा सहयोग गर्न काँग्रेसले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण पनि गराएको थियो । कात्तिक २४ गतेबाट विश्‍वकर्मालाई भेन्टिलेटरबाट निकालिएको छ । पछिल्लो समय उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१