भक्तपुर। भक्तपुरमा प्रहरीले कौडा खेलिरहेको अवस्थामा १० जुवाडेलाई पक्राउ गरेको छ ।
मध्यपुर ठिमी नगरपालिका–८ बोडेस्थित अमरकृष्ण अवालले सञ्चालन गरेको नगदेश स्कुनर हाउसबाट १० जना जुवाडेलाई पक्राउ गरेको हो ।
कौडा खेलिहरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, ठिमीबाट खटिएको टोलीले २ लाख ६४ हजार १३५ रुपैयाँसहित १० जनालाई नियन्त्रणमा लिइएको वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) ऋषि कँडेलले जानकारी दिए ।
डीएसपी कँडेलका अनुसार पक्राउ पर्नेहरुमा अम्मर कृष्ण अवाल, राजकुमार चित्रकार, रविन्द्र नापित, टिका ज्यापु, कर्ण लामा, राजेन्द्र साहुखल, श्यामकृष्ण घजु, हिराकाजी प्रजापती, पञ्चकुमार घजु र तुई लाल प्रजापति रहेका छन् ।
पक्राउ परेका उनीहरुको साथबाट १६ वटा कौडा समेत बरामद भएको डीएसपी कँडेलले बताए । अमरकृष्ण अवाल स्कुनर सञ्चालक समेत हुन् ।
प्रतिक्रिया