नेकपा विवादमा चिनियाँ राजदूत यान्छीको सक्रियता : प्रधानमन्त्रीसँग बालुवाटारमा दुई घन्टा छलफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ मंसिर २०७७, बुधबार ०४:४७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत होउ यान्छीले फेरि एक पटक सक्रियता देखाएकी छन् । उनले मंगलबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घन्टा भेटवार्ता गरेकी छन् ।

बेलुकी ८ बजेर १० मिनेटमा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेकी राजदूत यान्छी राति १० बजेर १० मिनेटमा बाहिरिएकी छन् । प्रधानमन्त्री ओली र राजदूत यान्छीबीच नेकपाभित्रको विवादका विषयमा छलफल भएको थियो ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले प्रचण्डसहितका नेताहरुलाई मिलाइ दिन आग्रह गरेका स्रोतको दावी छ । यान्छीले भोलिदेखि नेकपाका अन्य नेताहरुसँग छलफल गर्ने तयारी गरेका चिनियाँ दूतावास स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१