काठमाडौं । राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली आफू निकट नेताहरुसहित शीतल निवास पुगेका स्रोतले जनाएको छ ।
नेकपाभित्र तीव्र विवाद उत्पन्न भएका समयमा ओलीसहितको नेताले राष्ट्रपति भण्डारीलाई भेट्नुलाई अर्थपूर्णरुपमा लिइएको छ । राष्ट्रपति भण्डारीले शीतल निवासबाटै ओलीको पक्षमा लाग्न नेताहरुलाई निर्देशन दिँदै आएकी छन् । उनले उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादललाई शीतल निवास बोलाएर ओलीको पक्षमा लाग्न आग्रह गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले पनि नेकपाभित्रको विवाद हुँदासाथ आफ्नो सक्रियता देखाउने गरेकी छन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्षले राजनीतिक प्रस्ताव पेश गरेपछि ओली पक्षका नेताले त्यसको विरोध गर्दै आएका छन् ।
प्रतिक्रिया