काठमाडौं उपत्यकामा थप १२०७ जनामा कोरोना संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ कार्तिक २०७७, शनिबार ०५:३२

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या काठमाडौं उपत्यकामा देशभरका संक्रमितमध्ये आधाभन्दा बढी देखिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय ७ जनामा कोरोना संक्रमण भएको छ ।

काठमाडौंमा ९ सय १९ जना, भक्तपुरमा १०८ जना र ललितपुरमा १८० जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा २ हजार १ सय ११ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ३ हजार ५ सय ३७ जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार १ सय ११ जनासहित देशभर संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ जना पुगेको छ । संक्रमितमध्ये जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय २ पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१