पीसीआर परीक्षणको नक्कली रिपोर्ट बनाउने तीन पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ कार्तिक २०७७, बिहीबार ०५:०२

बाँके। चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पीसीआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ ।

प्रहरीले  अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार सुरक्षागार्ड कम्पनीमार्फत अस्पतालको सुरक्षाका लागि खटिएका गार्डसहितका व्यक्ति पक्राउ परेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षागार्ड र हेल्परले आकस्मिक कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिर्पोटको नक्कल गरेर अरु बिरामीलाई निःशुल्क पीसीआरको सिफारिस गरिदिन्थे ।

उनीहरुले बीमा लक्षित गरी ती व्यक्तिले कोरोना नेगेटिभ भएकालाई पोजिटिभ समेत बनाउँदै आएको आरोप छ ।

पक्राउ परेका माथि अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ । पक्राउ परेकाले कति पैसा लिएर सो काम गर्थे र कतिजनालाई रिर्पोट दिए भन्ने अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१