छठपछि लकडाउन गर्ने सरकारको तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ कार्तिक २०७७, बिहीबार ०४:५७

काठमाडौं । सरकारले छठ पर्वपछि केही अवधिको लागि लकडाउन गर्ने तयारी सुरु गरेको छ । सिसिएमसि र उपत्यका मेयर फोरमबीच बसेको बैठकले यस्तो तयारी गरेको उपत्यका मेयर फोरमको सचिव तथा मध्यपुर नपाको मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिए ।

काठमाडौं लगायत देशभर कोरोना संक्रमणको दर बढी रहेको छ । साथै अहिले मृत्युदरमा पनि बृद्धि हुन थालेको छ । यसलाई मध्यनजर गर्दै सरकारले केही अवधिको लागि लकडाउनको तयारी गरेको सचिव श्रेष्ठले बताए । चिसो मौसम सुरु भएसँगै अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको दर बढी रहेको छ ।

चिसो मौसममा विशेष गरी निमोनिया , दम र मिर्गाैला रोगीलाई कोरोनाको बढी प्रभाव देखिएको छ । युरोपका विभिन्न देशहरुमा अहिले दाेस्रो चरण लकडाउन सुरु भएका छन् । विश्व स्वास्थ्य संगठनले कोरोना दोस्रो चरणका विकास भएकोले यसको असर पहिलेभन्दा बढी हुन सक्ने चेतावनी दिएका छन् । योसँगै नेपालमा पनि छठ पर्व पछि लकडाउन गर्न सक्ने गरी सरकारले तयारी गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१