ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ कार्तिक २०७७, बिहीबार ०४:५४

कास्की । ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-१ कुशेश्वर दुम्जा घर भएका प्रेम भन्ने २३ वर्षीय नन्द लाल श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको हाे ।

पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क बस्ने दाङ घोराहीका २५ वर्षीय कृष्ण चौधरीलाई गत शनिबार ढुंगा प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरी टोलीले तनहुँ आबुखैरेनी नगरपालिका-२ मार्क्यु सडकमा रिक्सामा काठमाडौंतर्फ जाँदै गर्दा फेला पारी पक्राउ गरेको हो ।

२०७७ असोजको पहिलो हप्तामा श्रेष्ठ रिक्सा सहित पोखरा आई विभिन्न स्थानमा कवाडी संकलन गरी बेच्ने काम गर्ने क्रममा गत शनिबार सोही पार्कमा चौधरीसँग भेट भएको थियो ।

सोही दिन साँझ दुवैजना मदिरा सेवन गरी चौधरीको घरमा खाना खान गएको अवस्थामा चौधरीले श्रेष्ठलाई चुरोट चोरेको आरोप लगाएपछि भएको विवादमा श्रेष्ठले आगो बाल्ने चुलोको ढुङ्गाले हिर्काउँदा गम्भीर घाईते भएका चौधरीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । श्रेष्ठ उपर कर्तव्य ज्यान मुद्दामा मुद्धा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१