बुढानिलकण्ठको विकास निर्माणको क्षेत्रमा निरन्तर खट्दै प्रदेस सभा सदस्य कार्कीसहितको टोली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ कार्तिक २०७७, बुधबार ०६:५७

काठमाडौं। एकातर्फ विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिमको खतरा रहेको छ भने अर्का तर्फ जनताको विकास प्रतिका तिव्र चाहना पुरा गर्नु वर्तमान जनप्रतिनिधिको काँधमा ठूलो जिम्मेवारी रहेको छ ।

सोही अनुसार कोरोनाको कहरका बीचम पनि बागमती प्रदेसका प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का भैरहेका विकास निर्माण लगायतका योजनाहरुको अनुगमन गरेका छन् ।

बागमती प्रदेसका प्रदेस सभा सदस्य कुसुम कुमार कार्की ,वडा अध्यक्ष राजु अधिकारी , राष्ट्रिय अनलाईन पत्रकार संघका केन्द्रीय अध्यक्ष मुकुन्द ढुंगाना,वडा सदस्य बिनोद तामांग,वडा सदस्य बिमल तामाङ  सहित कर्मचारीहरुको उपस्थितिमा अनुगमन गरिएको थियो ।

प्रदेस सभा सदस्य  कार्कीले भने  कोरोनाको कहरकाबीच पनि विकास र सामाजिक क्षेत्रमा अहोरात्र खटिरहेको छु । जस्तोसुकै परिस्थिती आए पनि आफ्नो क्षेत्रको  समृद्धिको यात्रालाई निरन्तरता दिन्छु ।’

यसै क्रममा प्रदेस सभा सदस्य कार्कीसहितको टोलीले  बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को कृष्ण मन्दिर देखि जगडोल सम्मको ८ मिटर विस्तार र स्तरोन्नतिको लागि भैरहेको कामको स्थलगत अनुगमन गरेको छ ।  बङ्गलामुखी हाइट कोलनी , बङ्गलामुखी मन्दिर ,फुलबारी जगडाेल जाने बाटो लगायतको अनुगमनको साथै टोल टोलमा भैरहेको बाटो ढलान र पिच कालोपत्रेको समेत  स्थलगत अनुगमन गरिएको थियो  । कार्कीले अनुगमनका क्रममा देखिएका गल्ती तथा कमजोरिलाई सुधारेर अघि बढ्न समेत जनप्रतिनिधिहरुलाई  निर्देशन दिनुभएको छ । स्थलगत अनुगमनको क्रममा कार्कीले बिकास निर्माणमा माथिल्लो निकायबाट गर्नुपर्ने बजेट तथा अन्य प्रबन्ध आफूले मिलाउने बताउँदै आवश्यक प्रक्रिया पुर्याएर अगाडि बढ्न र जनताको हित र माग अनुसारका योजना तय गर्न वडा अध्यक्ष राजु अधिकारी सहित  जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

अनुगमन बङ्गलामुखी हाइट कोलनी , बङ्गलामुखी मन्दिर ,फुलबारी जगडाेल जाने बाटो लगायतको अनुगमन गर्दै ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१