४०४ कोरोना संक्रमित आइसियुमा, ९६ को भेन्टिलेटरमा उपचार हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ कार्तिक २०७७, बुधबार ०५:५३

काठमाडाैं। हाल देशभर रहेका कोरोनाभाइरसका सक्रिय सङ्क्रमितमध्ये ४०४ जना सघन उपचार कक्ष (आइसियु) र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जसमध्ये आइसियुमा प्रदेश नंं १ का ४५ जना, प्रदेश नंं २ का १२ जना, वागमती प्रदेशका १८४ जना, गण्डकी प्रदेशका ७६ जना, लुम्बिनी प्रदेशका ६२ जना, कर्णाली प्रदेशका आठ जना र सुदूरपश्चिम प्रदेशका १७ जना रहेका छन् ।

यस्तै भेन्टिलेटरमा प्रदेश नंं १ का १५ जना, प्रदेश नं. २ का दुई जना, वागमती प्रदेशमा ५८ जना, गण्डकी प्रदेशका १५ जना र लुम्बिनी प्रदेशका छ जना रहेका छन् ।

यस्तै पाँच सय भन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पूर्व), दाङ, रुपन्देही र कैलाली रहेका छन् ।

शून्य सक्रमित रहेको एकमात्र जिल्ला मनाङ रहेको छ । क्वारेन्टिनमा एक हजार ५८ जना र होम आइसोलेसनमा २९ हजार ७३४ जना रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१