२४ घन्टामा काठमाडौं उपत्यकामा १,४२८ जनामा कोरोना संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ कार्तिक २०७७, मंगलवार ०५:२६

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या काठमाडौं उपत्यकामा देशभरका संक्रमितमध्ये आधाभन्दा धेरै संख्या देखिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय २८ जनामा कोरोना संक्रमण भएको छ ।

काठमाडौंमा १ हजार १ सय ३६ जना, भक्तपुरमा ९१ जना र ललितपुरमा २ सय १ जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय २८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा १ हजार ७ सय ९८ जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ५ सय ७१ जनासहित देशभर संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । संक्रमितमध्ये १ लाख ५९ हजार ७ सय २४ जना कोरोना मुक्त भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय २६ पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१