मानव बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ कार्तिक २०७७, सोमबार ०५:५३

काठमाडौं । महिला बेचबिखन गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-९ लामाटार बस्ने काठमाडौं महानगरपालिका-७ घर भएका ५५ वर्षीय गौतम लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

२३ वर्षीया ती महिलालाई विदेशमा आकर्षक रोजगारी दिलाई दिने वहानामा १० वर्षसम्म यौन शोषण गरी विभिन्न प्रलोभनमा पारी भारतको दिल्ली हुँदै लेबनानसम्म पुर्‍याई बेचबिखन गरी फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१