देशभर ७६ संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै, ३६५ आईसीयूमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ कार्तिक २०७७, आईतवार ०५:२४

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ४४१ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसीयू तथा भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ७६ जना भेन्टिलेटरमा र ३६५ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन्।

आईसीयू रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६३ जना र ३५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५८ जना आईसीयू र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४४ जना आईसीयू र १५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश २ मा ८ संक्रमित आइसियुमा र भेन्टिलेटरमा २ जना, सुदुरपश्चिममा ७ जना आईसीयूमार १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८० जना आईसीयूमा र १७ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ५ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१