दैनिक ६ घण्टा हिँडेर अर्को गाविसमा पढ्न जान बाध्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ आश्विन २०७१, शुक्रबार १२:१५

जाजरकोट,३ असोज   । यहाँको एक दुर्गम गाविसका विद्यार्थी पढ्नका लागि ६ घण्टा हिँड्न बाध्य भएका छन् ।

आफ्नो गाउँमा निर्माण गरेको विद्यालय आपसी विवादका कारण भत्किएपछि जिल्लाको डाँडागाउँ–१, २ र ३ का विद्यार्थी छिमेकी खगेनकोट गाविसको दल्लीमा गएर पढ्न बाध्य भएका हुन् ।

डाँडागाउँ गाविसको रु ६ लाखको लगानीमा विद्यालय भवण निर्माण गरिएको थियो । विद्यालयमा ती तीनै वडाका ३०० भन्दा बढी विद्यार्थी पढाउने उद्देश्यले भवन निर्माण गरिएको थियो ।

गाविसका पाली, कल्पतलगायतका ठाउँबाट अर्को छिमेकी गाविस खगेनकोटमा पढ्न जान र आउन ६ घण्टा लाग्ने गरेको विद्यार्थी अनन्त पुनले गुनासो गरे । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१