एमनेस्टी इन्टरनेसनल नेपाल मिडिया ग्रुप-५३ काठमाडौंको संयोजकमा कल्पना दंगाल चयन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ कार्तिक २०७७, शनिबार ०५:४३

काठमाडौ । एमनेस्टी इन्टरनेसनल नेपाल  मिडिया ग्रुप -५३  को संयोजकमा कल्पना दंगाल  चयन भएकी छन । एमनेस्टी इन्टरनेसनल नेपालका केन्द्रीय अध्यक्षको प्रमुख आतिथ्यतामा कार्तिक २१  गते शुक्रबार भर्चुअल माध्यम मार्फत भएको पाचौ साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो।

उक्त साधारण सभाले एमनेस्टी इन्टरनेसनल नेपाल मिडिया ग्रुप -५३  को सहसंयोजकमा रेणुका गुरुङ ,सचिवमा सुमित्रा रंजित  र कोषाध्यक्षमा हेमा गुरुङलाई चयन गरेको छ भने  ग्रुपको बोर्ड सदस्यहरुमा रिंकु ढकाल कोइराला,रश्मिला श्रेष्ठ र राजेश्वरी श्रेष्ठ रहनु भएका  छन् भने टेक्निकल कोअर्डिनेटरमा द्रोण पराजुलीले जिम्मेवारी प्राप्त गरेका छन।

एमनेस्टी इन्टरनेसनल नेपालका रास्ट्रिय अध्यक्ष विक्रम धुकुचु ,पुर्व कार्यसमिति ग्रुपका आजिबन सदस्य र सल्लाहकार लगायतको आतिथ्यतामा भएको सभामा मिडिया ग्रुप -५३ काठमाडौंले गरेका कामहरुको प्रतिवेदन प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१