१० लाख घुससहित इन्जिनियर पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ कार्तिक २०७७, शनिबार ०५:२६

हेटौँडा । १० लाख रुपैयाँ घुस रकमसहित हेटौँडाबाट एक इन्जिनियर पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौँडा-भरतपुर-बर्दघाट विद्युत प्रसारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जसवाललाई घुस रकमसहित पक्राउ गरेको हो ।

जसवालले प्रसारण लाइनको ठेकेदारसँग उक्त रकम घुस लिइसकेको अवस्थामा हेटौँडा-१० बसपार्क मेगा होटलबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

इन्जिनियर जसवाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१