स्तनपानबारे हरेक महिलाले जान्नैपर्ने केहि तथ्यहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ कार्तिक २०७७, शनिबार ०५:२४

काठमाडौं। आमाको दूध पोषण मात्र नभएर जीवनको धारा हो । यसले आमा र बच्चाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । शिशुलाई जन्मेको छ महिना सम्म पुर्ण रुपमा स्तनपानमा गराउनुपर्छ । यो शिशुको जीवनको लागि अत्याबश्यक हुन्छ ।

आमाको दूध सुपाच्य हुन्छ । यसले पेटको गडबडीलाई नियन्त्रण गर्छ । आमाको दूध शिशुको प्रतिरोधक क्षमता बढाउनमा पनि सहायक हुन्छ । केही शिशुलाई गाईको दूधले एलर्जी हुन सक्छ, तर आमाको दूध सबै बालबालिकाको लागी सुरक्षित हुन्छ ।

आमाको दूधमा धेरै प्रकारको प्राकृतिक रसायन पनि हुन्छन् । स्तनपानले शिशुको बौद्धिक क्षमता बृद्धि हुन्छ । साथै स्तनपान गराउने आमा र उनको शिशुको बीच भावनात्मक सम्बन्ध धेरै मजबुत हुन्छ । पुर्ण रुपमा स्तनपान गराउनुका फाइदा यसप्रकार रहेका छन् ।

बच्चालाई स्वस्थ र तन्दुरुस्त पार्ने सबभन्दा उत्तम आहार आमाको दूध हो ।

स्तनपानले सुत्केरी भैसकेपछि रगत जाने प्रक्रियालाई रोक्छ ।

स्तनपानले बच्चालाई मधुमेह, क्यान्सर, पखाला र निमोनिया जस्ता समस्याबाट बचाउँछ ।

दूधबाट आमाको रोग प्रतिरोधात्मक शक्ति बच्चामा सर्छ ।

स्तनपानले आमालाई क्यान्सर र हड्डी कमजोर ९ओस्टेओपोरोसिस् ० हुनबाट जोगाउँछ ।

आमाको दूध जहिले पनि बच्चाका लागि सफा, तयार र सही तापक्रममा रहेको हुन्छ ।

स्तनपानले आमा र बच्चा दुवैलाई आत्मीय र सुरक्षित भएको अनुभूति दिन्छ ।

कतिपय महिलालाई स्तनपानले चाँडै गर्भवती हुनबाट बचाउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१