कसरी गराउने ‘नर्मल डेलिभरी’ ? यस्तो छ विधी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ कार्तिक २०७७, शनिबार ०५:२१

बच्चालाई प्राकृतिक रुपमै जन्म दिनु सर्बोत्तम हो । यद्यपी कतिपय परिस्थितिमा सामन्य हिसाबले बच्चा जन्माउन सकिँदैन र शल्याक्रियाको साहारा लिनुपर्ने हुन्छ ।

किन गर्ने नर्मल डेलिभरी ?

नर्मल डेलीभरीको सबैभन्दा पहिलो फाइदा भनेको आमाको स्वास्थ्य हो । शल्याक्रिया गराएको तुलनामा सामन्य रुपमा बच्चा जन्माउनु स्वास्थ्यका हिसाबले उपयुक्त हुन्छ । शल्याक्रिया गरेपछि आमालाई तङ्गि्रनका लागि धेरै समय लाग्छ । साथै संक्रमणको भय पनि रहन्छ ।

नर्मल डेलिभरीको लक्षण

गर्भावस्थामा हरेक महिला यहि सोच्छन् कि, के मेरो बच्चा स्वस्थ्य होलान् ? के मेरो नर्मल डेलिभरी होला ?

केहि यस्तो लक्षण हुँदैन कि, डेलिभरी नर्मल हुन्छ वा हुँदैन । यद्यपी तपाई नियमित चिकित्सकको सम्पर्कमा हुनुहुन्छ भने बच्चाको स्वास्थ्यबारे थाहा पाउन सक्नुहुनेछ । साथै चिकित्सकले कस्तो डेलिभरी हुन सक्छ भन्ने कुराको पनि संकेत दिन सक्छन् ।

नर्मल डेलिभरीका लागि उपयोगी टिप्स

१. गर्भवती भएपछि नियमित रुपमा चिकित्सकको सम्पर्कमा रहने । डेलिभरीको समय पीडादायक हुनसक्छ । त्यसैले उनीहरुले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ, ताकि नर्मल डेलिभरी भयो भने पीडा अलि कम हुन्छ ।

२. जन्म लिने बच्चा त्यसबेला स्वस्थ्य हुन्छ, जब आमा स्वस्थ्य हुन्छ । प्रेग्नेन्सीको समयमा यदि तपाईलाई कुनै रोग छ भने चिकित्सकको परामर्श लिनुहोस् र रोगको उपचार गराउनुहोस् ।

३. प्रसवको समयमा रगतको कमी हुनु हुँदैन । त्यसैले नियमित रुपले रक्त परीक्षण गराउनुपर्छ ।

४. गर्भवती महिलाले सामन्य डेलिभरीको लागि शरीरिक रुपले चुस्त हुनुपर्छ । त्यसैले स्वंमलाई सक्रिय राख्नका लागि हिँडडुल गर्नुपर्छ ।

५. गर्भवतीले भिटामिन, क्याल्सियम, प्रोटिन अधिक मात्रामा सेवन गर्नुपर्छ । यसका लागि ताजा फल, हरियो सब्जी खानुपर्छ । पानीको कमी हुनुहुँदैन, त्यसैले प्रतिदिन तीन लिटरसम्म पानी पिउनुपर्छ ।

६. गर्भावस्थामा मेथीको सेवन लाभदायक मानिन्छ, जसले नर्मल डेलिभरीमा सघाउँछ ।

७. नर्मल डेलिभरीको लागि वक्रासन, उत्कतसना, कोण आसन, सख भद्रासन जस्ता योग आसन पनि प्रभावकारी हुनसक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१