एनआरएनद्वारा १० हजार थान एन्टिजेन परीक्षण किट हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ कार्तिक २०७७, शनिबार ०५:०८

काठमाडौँ। कोरोना भाइरस परीक्षणका लागि प्रयोग गरिने १० हजार थान एन्टिजेन परीक्षण किट गैरआवासीय नेपाली संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

स्वाथ्य मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

एन्टिजेन परीक्षण किटको प्रयोगबाट कोरोना सङ्क्रमण भए नभएको १५ मिनेटमै थाहा पाउन सकिने हुँदा यो निकै प्रभावकारी हुने विश्वास राज्ययमन्त्री राउतले व्यक्त गरे ।

जापानमा बसोबास गर्दै आएका नेपाली अभियन्ता कपिलदेव थापाको पहलमा जापानको फुजिरेबियो इन्क नामक कम्पनीले ती किटहरू उपलब्ध गराएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१