के हो इलेक्टोरल कलेज? कसरी चुनिन्छन् अमेरिकन राष्ट्रपति?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ कार्तिक २०७७, शुक्रबार ०५:१५

अमेरिकामा गत मंगलबार भएको राष्ट्रपति चुनावको अन्तिम मतपरिणाम के आउँछ भन्नेमा संसारभरि चासो छ।अहिलेसम्म डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले जित्ने लगभग पक्का भएको छ। तर अझै उनलाई आवश्यक इलेक्टोरल कलेज मत पुगेको छैन।

अमेरिकी राष्ट्रपति चुनिन २७० इलेक्टोरल कलेज आवश्यक पर्छ।

अमेरिकाको प्रत्येक ५० राज्यबाट दुई जना दरले सिनेटर नियुक्त हुन्छन्। हाउसमा भने सो राज्यका जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तोकिएको हुन्छ। जस्तै अमेरिकाको सबैभन्दा ठूलो राज्य क्यालिफोर्नियाबाट हाउसमा ५३ जना चुनिन्छन्। हाउसमा चुनिने ५३ र सिनेटमा चुनिने दुई जना गरेर क्यालिफोर्नियाको ५५ इलेक्टोरल कलेज गनिन्छ। त्यस्तै दोस्रो ठूलो राज्य टेक्सासमा ३६ जना हाउसका सदस्य र २ जना सिनेटर गरेर ३८ इलेक्ट्रोल कलेज गनिन्छ। यस्तै अमेरिकाको सानो राज्य मेएनको जम्मा ४ इलेक्ट्रोल कलेज मात्रै (२ सिनेट र २ हाउस सदस्य) छ।

प्रत्येक राज्यलाई इलेक्टोरल कलेज सो राज्यको जनसंख्या अनुसार केही घटबढ भइरहन्छ।

सबै ५० राज्यको इलेक्टोरल कलेज जोड्दा जम्मा ५३८ हुन्छ। यही ५३८ मध्ये जसले ५० प्रतिशत भन्दा धेरै संख्या अर्थात् २७० पुर्‍याउँछ, त्यो नै अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन्छ।

त्यसैले अमेरिकाको राष्ट्रपतिका लागि कुन राज्यमा कसले जित्यो भन्ने छुट्टाउन मात्र प्रत्यक्ष मत गणना हुने गर्छ। कुनै पनि राज्यमा जसले धेरै प्रत्यक्ष मत प्राप्त गर्‍यो, त्यो राज्यको सबै इलेक्टोरल कलेज जित्ने उम्मेद्‌वारले पाउँछ। हार्नेले एक इलेक्टोरल कलेज पनि पाउँदैन। जस्तै, यसपालि क्यालिफोर्निया जितेर बाइडेनले त्यहाँको ५५ इलेक्टोरल कलेज प्राप्त गरे भने ट्रम्पले फ्लोरिडा जितेर २९ मत प्राप्त गरे।

अमेरिकाका दुई साना राज्यहरु मेएन (४ इलेक्टोरल कलेज) र नेब्रास्का (५ इलेक्टोरल कलेज)मा भने उम्मेद्वारले हाउसको निर्वचन क्षेत्रमा पाएको मतका आधारमा इटेक्टोरल कलेज बाँडिन्छ।

इलेक्टोरल कलेज मार्फत राष्ट्रपति चुनिने प्रणालीको अमेरिका भित्रै पनि आलोचना हुने गरेको छ। प्रत्यक्ष मत जसले धेरै पाउँछ त्यो नै राष्ट्रपति चुनिनु पर्ने आवाज अमेरिकामा यो भन्दा पहिले पनि उठेको हो।

प्रायजसो जसले धेरै प्रत्यक्ष मत प्राप्त गर्यो त्यसले नै धेरै इलेक्टोरल कलेज पनि प्राप्त गर्ने गरेको छ। आजसम्म भएका ४५ वटा निर्वाचन मध्ये ५ निर्वाचन (सन् २०१६, २०००, १८८८, १८७६ र १८२४) मा एउटा उम्मेद्वारले धेरै प्रत्यक्ष मत र अर्को उम्मेदवारले धेरै इलेक्ट्रोरल कलेज प्राप्त गरेको छ।

यदि दुई उम्मेदवारले समान २६९ इलेक्टोरल कलेज मत पाए भने तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले राष्ट्रपति र माथिल्लो सदन सिनेटले उपराष्ट्रपति चयन गर्छ।

यो निर्वाचन प्रणाली सुधार गरेर जसले धेरै प्रत्यक्ष मत ल्याउँछ त्यो नै राष्ट्रपति चुनिने प्रणाली कायम गर्न अमेरिकाको हाउस अफ रिप्रेजेन्टिभले सन् १९६९ मा प्रस्ताव पारित गरेको थियो। तर, सिनेटले त्यो प्रस्ताव अस्वीकृत गरेपछि इलेक्टोरल कलेज मार्फत नै राष्ट्रपति चुन्ने प्रणाली कायम रह्यो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१