कोटेश्वरमा चलखेल भइरहेका छन्, सामना गर्न तयार छु: प्रधानमन्त्री ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ कार्तिक २०७७, शुक्रबार ०५:०९

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरूद्धमा चलखेल भएको भन्दै त्यसलाई निस्तेज पार्ने चेतावनी दिएका छन्।

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकको सुरूमै आफ्ना धारणा राख्दै प्रधानमन्त्री ओ‌लीले अस्थिरता निम्त्याउने गरी षडयन्त्र भइरहेको समेत आरोप लगाए।

उनले आफूलाई पदबाट हटाउनका लागि विभिन्न चलखेल भइरहेको दाबी समेत गरेको एक मन्त्रीले बताए।

‘कोटेश्वरमा विभिन्न खालका चलखेल भइरहेका छन्। ती चलखेलको सामना गर्न तयार छु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘विश्वास अविश्वासका विभिन्न खालका चलखेलहरू भइरहेका छन्।’

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा कानुन व्यवसायीहरूसँग परामर्श गरेका थिए।

प्रचण्ड र नेपालले प्रधानमन्त्री ओलीले चाल्नसक्ने सम्भावित कदमका बारेमा छलफल गरेको स्रोतको दाबी छ।

ओलीलाई सत्ताबाट हटाए प्रचण्ड-नेपालका नजरमा उनले गर्न सक्ने दुई विकल्प छन्।

पहिलो, रातारात अध्यादेश ल्याएर पार्टी फुटाउने। अहिलेको कानुनअनुसार कुनै पनि दल फुटाउन संसदीय दल र पार्टी केन्द्रीय समिति दुवैमा कम्तिमा ४० प्रतिशत संख्या चाहिन्छ। ओलीले त्यसलाई अध्यादेशमार्फत् बदलेर संसदीय दलमा मात्रै ४० वा ३० प्रतिशत संख्या भए पनि पार्टी फुटाउन मिल्ने कानुन ल्याउनेछन्। दोस्रो, संविधानमा प्रावधान नै नभए पनि संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछन्। अदालत मिलाएर त्यो गैरसंवैधानिक कदमविरूद्ध आउन सक्ने मुद्दाहरू निस्तेज पार्नेछन् र आफ्नै नेतृत्वमा चुनाव गराउनेछन्।

बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा माग्ने खेल भइरहेको तर आफूले राजीनामा नदिने बताएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१