९ वर्षकी सुमिनाको अचम्मको खुवि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ आश्विन २०७१, शुक्रबार ११:१५

नवराज कुंवर /
उनले नाच्न थालेपछि जो कोही पनि स्तब्ध हुन्छ । मन एकोहोरो हुन्छ र उनको नृत्यमा डुब्छ । सानो जिउडाल, चिटिक्क मिलेको रुप, उनको नृत्य खुवि हेर्ने जो कोहीले त्यसपूर्व सायदै यस्तो नाच्लि भनेर सोचेका हुन्छन् ।

sumina 4
सोच्नुस् त तपाई हामीले ९ वर्षको उमेरमा के नै जानेका थियौँ र ? जाने पनि त्यसको सदुपयोग गर्न सकेनौँ । तर उनी अहिले ९ वर्षकी मात्र भईन् । तर उनले राष्ट्रिय स्तरको नृत्य प्रतियोगितामा आफुलाई अब्बल सावित् गरिसकेकी छन् भने ठूलो पर्दाका केही चलचित्रमा समेत भूमिका निर्वाह गरिसकेकी छन् ।
हो, उदयपुर ठोक्शिलाकी चेली सुमिना दाहाल भर्खर ९ वर्षकीमात्र भएकी छन् । उनी अहिले भारतको प्रसिद्ध डिआइडि कम्पेटिसनका लागि आफुलाई तयार गरिरहेकी छन् ।
आमा कमला दाहाल र बुबा हरिप्रसाद दाहाल लव्लिको काखबाट २०६२ साल चैत गते रामपुरमा जन्मिएकी सुमिनाका ३ वटी दिदिहरु छन् । रामपुर– वरगाछी पुरानो ठाना नजिकै घर भएकी सुमिनाले सानै उमेरमा आफुलाई नृत्य क्षेत्रमा स्थापित गरिसकेकी छन् भने थप उचाईका लागि संघर्षरत छिन् ।
सानैदेखि नृत्यमा पोख्त सुमिनाले २०७० सालमा ठोक्शिलाको मात्र नभएर नेपालका अधिकांस जिल्लाबासीको माया र भोटले सनसाइन् मिडिया हाउसले आयोजना गरेको योङग स्टार डान्स कम्पेटिसनको उपाधी उचालिन् । रामपुर ठोक्शिलामा भएका हरेक कार्यक्रममा उनले आफ्नो नृत्य देखाएर सबैलाई अचम्म पार्ने गरिकी छन् । sumina 2
हाल ललितपुरको ग्वार्कोमा बसेर एस्टर एकेडेमीमा कक्षा १ मा पढ्दै गरेकी सुमिना डिआइडिका लागि नृत्य गुरु गम्भिर विष्टसंग तयारी कक्षा समेत गरिरहेकी छन् । उनको नृत्य खुविले गर्दा एस्टर एकेडेमीमा उनी पूर्ण छात्रबृत्तिमा अध्ययन गरिरहेकी छन् ।
हालसम्म उनले ठूलो पर्दाको मनमनमा र फन्टूस भन्ने चलचित्र र केही म्युजिक भिडियोमार्फत आफुलाई देश विदेशका दर्शकसामू प्रस्तुत गरिसकेकी छन् ।
“सानैदेखि रेडियोमा बज्ने गीतहरुमा नाच्थी”, सुमिनाका बुबा हरिप्रसाद दाहालले भने, “उसले त्यस्तो राम्रो नाच्लि भनेर सोचेकै थिएनौँ ।”
“सबैलाई नमस्कार । म सुमिना दाहाल । तपाईहरुकै गाउँकी चेली । म …. डान्स कम्पेटिसनमा अन्तिम भोटिङ चरणमा छु । त्यसैले मलाई जिताउनका लागि प्लीज ….. गरी सहयोग गरिदिनुहोला । गुन्ह्यू र चोलिमा सजिएर मञ्चमा उत्रिएकी सुमिनाले तोते बोलिमा भोट मागेको सम्झन्छु ।, र म त सानी सानी भन्ने गीतमा एकपटक सूमिनाको नृत्य हेर्ने मौका पाएको थिएँ, त्यतिबेला सुमिना कुनै डान्स कम्पिटिसनको भोट मागिरहेकी थिइन् म आफैँ छक्क परको थिएँ”, स्थानीय शरद कोइरालाले विगतमा सुमिनाको प्रस्तुतिलाई सम्झँदै भने, “उनको खुविले सायद ठोक्शिलकै नाम राखेको छ ।” Sumina
अहिले पनि सुमिना अध्ययनका आलावा विहानै उठेर पुजापाठ र नृत्यमै आफुलाई अभ्यस्त राख्दछिन् । स्कुल विदाको दिन उनी चक्रपथमा रहेको डान्स सेन्टर पुग्छिन् भने अरु विदा परेका दिन घरमै नाच्ने अभ्यासमा व्यस्त हुन्छिन् ।
“नाचु नाचु लाग्ने गीतहरु मेमोरिमा हुन्छ, फ्रि भयोकि साउन्डबक्समा जोडेर नाच्न थाल्छे तर हेरक नृत्यमा उसले केही न केही सुधारिरहेकी हुन्छे”, सुमिनाकी जेठि दिदि सम्झनाले भनिन् ।
ललितपुरको ग्वार्कोस्थित सुमिना अहिले आफ्नी जेडि दिदि सम्झना र माइली दिदि सपनाका साथमा बसिरहेकी छन् ।
सुमिनाजस्ती खुवि भएकी चेली ठोक्शिलाले पाएको छ । सुमिना जस्तै खुवि भएका अन्य भाइबहिनीहरु पनि ठोक्शिलामा हुन सक्छन् । भविष्यमा उनीहरुको बढोत्तरीका लागि पनि सुमिनाको सफलता जरुरी छ । सुमिनाको संघर्ष सफल भएमा भावि पुस्तामा समेत प्रेरणाकी स्रोत हुनेछिन् । त्यसैले ठोक्शिला खबर सुमिनाको सफल भविष्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१