बामदेवलाई बोलाएर राष्ट्रपति भण्डारीले भनिन्, ‘पार्टीको विवाद मिलाउन विगतको जस्तै भूमिका खेल्नुस्’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ कार्तिक २०७७, बुधबार ०५:३६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष बामदेव गौतमसँग भेटेर पार्टीभित्रको विवाद मिलाउनका लागि भूमिका खेल्न आग्रह गरेकी छन् ।

मंगलबार बेलुकी शीतल निवासमा भएको भेटवार्ताका क्रममा पार्टी एकता जोगाउनका लागि विगतकै जस्तो भूमिका खेल्न भण्डारीले गौतमलाई आग्रह गरेकी हुन् ।

राष्ट्रपति भण्डारीको आग्रहपछि उपाध्यक्ष गौतमले आफूले सक्दो पहल गर्ने बताएका छन् । नेकपाभित्रको विवाद चर्किएपछि ओलीको पक्षमा राष्ट्रपति भण्डारी सक्रिय हुने गरेकी छन् । देश र नागरिकको चिन्ता भन्दा पनि भण्डारीलाई आफ्नो पुरानो गुटको चिन्ता हुने गरेको भन्दै आम नागरिकले व्यंग्य हान्ने गरेका छन् ।

कोरोना भाइरसको संक्रमण तथा रोकथाममा सरकार विफल भए पनि राष्ट्रपति भण्डारीले पार्टीभित्रको गुटमा रमाइरहेको आरोप लागेको छ। उनको यो भूमिकाको चौतर्फी आलोचना भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१