उपत्यकामा पछिल्लो २४ घन्टामा १,६३० जनामा कोरोना संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०७७, मंगलवार ०४:३८

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या काठमाडौं उपत्यकामा देशभरका संक्रमितमध्ये आधा भन्दा धेरै देखिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ३० जनामा कोरोना संक्रमण भएको छ ।

काठमाडौंमा १ हजार ३ सय २९ जना, भक्तपुरमा १ सय ८ जना र ललितपुरमा १ सय ९३ जनाजनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ३० जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

देशैभर पछिल्लो २४ घन्टामा २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ९ सय ३३ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । संक्रमितमध्ये १ लाख ३७ हजार ९ सय ९२ जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१