कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ कार्तिक २०७७, आईतवार ०५:२९

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय ३७ पुगेको छ ।

देशैभर पछिल्लो २४ घन्टामा २ हजार ५ सय ८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ५ सय ८ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ । संक्रमितमध्ये १ लाख ३१ हजार २ सय २२ जना कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१