अधिकांश पसलमा म्याद गुज्रेको समान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ आश्विन २०७१, शुक्रबार १०:५२

काठमाडौँ,३ असोज । चाडपर्व नजिकिएको बेला तपाई कुनै समान खरिद गर्न बजार जाँदै हुनुहुन्छ? यदि हो भने समानको प्रयोग गर्न सक्ने म्याद हेर्न नबिर्सिनु होला। नत्र तपाई ठगीन सक्नुहुन्छ।kirana-store-bangalore

बिहिवार घरेलु तथा साना उद्योग कार्यालय लहानले गरेको बजार अनुगमनका क्रममा अधिकांश पसलबाट म्याद गुज्रेका समानहरु फेला परेको छ। फेला पर्ने समानहरुमा पापड, दालमोट, भुजिया, नुडल्स, आँटा, तेल लगायतका समानहरुको म्याद गुज्रेपनि विक्रीका लागि राखेको अवस्थामा फेला परेका छन्। अधिकांश पसलबाट कोकोला, फेन्टा, स्प्राइट लगयातका म्याद गुज्रेका पेयपदार्थ समेत बरामद भएको हो।

म्याद गुज्रेका समानहरु फेला पारी पसल अगाडी नै नष्ट गरियो। घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख राजेन्द्रलाल कर्णले भने, ‘म्याद गुज्रेका समानहरु अत्यधिक मात्रामा फेला परेको छ। जुन पसलमा म्याद गुज्रेका समानहरु फेला पर्यो, त्यसकै अगाडी नष्ट गरिएको छ।’

ईलाका प्रशासन कार्यालय लहानका प्रमुख रविन्द्र चौधरी समेत रहेका उक्त अनुगमन टोलीले लहानस्थित राय किराना पसल, फुलबारी डिपार्टमेन्ट स्टोर, समिक्षा जेनरल स्टोर्स, परिवार डिपार्टमेन्टल स्टोर लगायतका १० वटा पसलमा अनुगमन गरिएको छ। अनुगमन गरिएका उक्त पसलहरुमा मूल्य सूची नराखेको भेटिएकोले मूल्यसूची अनिवार्य रुपमा राख्न निर्देशन दिइएको प्रमुख कर्णले बताए।

कतिपय पसलहरु आन्तरिक राजश्व कार्यालयमा दर्ता गराएपनि घरेलु तथा साना उद्योग कार्यालयसँग अनुमति नलिएको भेटिएको छ। ति पसलेहरुलाई तीन दिनभित्र अनिवार्य रुपमा घरेलु तथा साना उद्योग कार्यालयसँग अनुमति लिन चेतावनी दिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१