७१ संक्रमित भेन्टिलेटरमा, ३०० को आईसीयूमा उपचार हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ कार्तिक २०७७, शनिबार ०४:४०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ३ सय ७१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ७१ जना भेन्टिलेटरमा र ३०० जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १९१ जना आईसीयूर ५५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४० जना आइसियु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३४ जना आइसियु र ८ जना भेन्टिलेटरमा र प्रदेश २ मा १३ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ५ आईसीयूमा, गण्डकी प्रदेशमा १५ आईसीयू र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ आइसियु उपचाररत रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१