प्राध्यापक कुटपिटको आरोपमा पक्राउ परेका नेतालाई रिहा गर्न नेविसङ्घको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०७७, शुक्रबार ०५:२३

काठमाडौं । नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी सङ्घले कैलालीको अत्तरियामा बुधबार पक्राउ परेका शङ्करदेव क्याम्पस काठमाडौंका विद्यार्थी नेता दीपक ओझालाई रिहा गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज विज्ञप्ति जारी गरी अकारण पक्राउ गरिएको जनाउँदै यस्तो प्रवृत्तिको निन्दा गरेका छन् ।

विद्यार्थी सङ्गठनका नेता, कार्यकर्तालाई विनाकरण पक्रने, झुट्टा मुद्दा लगाउने, हिरासतभित्र यातना दिने कार्य भएको पनि नेविसङ्घको जिकिर छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले राजनीिितक प्रतिशोधका आधारमा ओझाको पक्राउ गरिएको आरोप लगाए ।

त्रिवि समाजशास्त्र केन्द्रीय विभागका प्राध्यापक प्रेम चलाउनेलाईलाई असोज २० मा चारजना युवाले विश्वविद्यालय परिसरमा निर्घात कुटेर भागेका थिए । ओझालाई महानगरीय प्रहरी परिसर काठमाडौंले कैलाली प्रहरीसँगको समन्वयमा पक्राउ गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१