पछिल्लो २४ घन्टामा देशभर १,७४१ जनामा कोरोना संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ कार्तिक २०७७, मंगलवार ०४:१५

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढेकोमा दसैँका कारण यो संख्या घटेको छ । परीक्षण कम भएकाले संख्या घटेको अनुमान गरिएको छ । पछिल्लो २४ घन्टामा १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण भएको छ । देशभर संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ । संक्रमितमध्ये १ लाख १५ हजार ६ सय ७५ जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १५ जनाको ज्यान गएको छ । देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ६२ पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१