काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १,५३५ जनामा कोरोना संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० कार्तिक २०७७, सोमबार ०४:५७

काठमाडौं । काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमितको सरदर संख्या घटेको छ । उपत्यकामा पछिल्लो २४ घन्टामा १ हजार ५ सय ३५ जनामा कोरोना संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा १ हजार २ सय २५ जना, भक्तपुरमा १ सय ६३ जना र ललितपुरमा १ सय ४७ जनासहित उपत्यकामा १ हजार ५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ८ सय ५६ जनासहित देशभर कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । संक्रमितमध्ये १ लाख ११ हजार ६ सय ७० जना कोरोना मुक्त भएका छन् भने कोरोनाबाट अहिलेसम्म ८ सय ४७ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घन्टामा ५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१