काठमाडौं उपत्यकामा थपिए १११० कोरोना संक्रमित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ कार्तिक २०७७, आईतवार ०४:५३

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ११० जना कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार २२५ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ८४६ छ। योसँगै हालसम्म १ लाख ८ हजार ३३४ पुगेको छ।  देशभर ४६ हजार ५७ जना सक्रिय संक्रमित छन्। आज देशभर १३ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया