विषम परिस्थितिमा भौतिक दुरी सहितको दशैँ शुभकामना-डा. सैयद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ कार्तिक २०७७, शनिबार ०५:०४

कोरोना महामारीले पुरै विश्वआक्रान्त पारेको यो विषम परिस्थितिमा नेपालमा समेत दिनानुदिन संक्रमित रमृतकको संख्या समेतबढ्दै गईरहेको दुखद अवस्था छ  । यसै परिबेशमा समाजसेवी चिकित्सक डा. मनोर दिन सैयदले संसारका हरेक कुनामा रहनु भयका नेपालीहरुमा बिजया दशमी ,शुभदिपावली,म्हपुजा / नेपाल सम्बत ११४१,मोहम्मद डे १४९५रछठपर्ब लगायतकारास्ट्रिय पर्बहरुको पावन अवसरमासुख,समृद्धि,दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै हरेक चाडपर्बका क्रियाकलापहरु बिशेष सतर्कताका साथ भौतिक दुरी कायम गरीसम्पन्नगर्नसुझाब दिदै हार्दिकशुभकामना ब्यक्त गर्नु भयको छ  ।
कोभिड 19 रोकथाम को लागि सर्बसाधारणहरुले ध्यान दिनु पर्ने अहिले पनि उत्तिकै महत्वपुर्ण कुरा हरु भनेको – भौतिक दुरी कायम, अनिबार्य मास्कको उचित प्रयोग , स्यानीटाइजरकोबारम्बार प्रयोग , अनाबस्यक भिडभाड रजमघट पूर्ण रुपले रोक, आपतकालीन बाहेकको अबस्थामा अस्पताल नजाने, यात्रा इतिहास,ज्वरो खोकी रस्वासप्रस्वास का रोगीछुट्टै बस्ने, बृद्ध-वृद्धा/दीर्घरोगी/बालबालिका/गर्भवती-सुत्केरी महिला हरुलाई बिशेष ध्यान दिने ,संक्रमितहरु अस्पताल या वडा कार्यालयको सम्पर्कमा बस्ने/आइसोलेसनको नियम कम्तिमा २ हप्ता सख्त रुपमा पालना गर्ने, संक्रमितबाटकन्ट्याट ट्रेसिंगमा परेकाहरुले इमान्दारीका साथ PCR टेस्ट गर्न सहयोग गर्ने, संक्रमितलाइ समाजले दुर्ब्यबहार नगर्ने र स्थानीय निकायले गरेको नियमको पालना गर्ने आदि हुन  ।
सम्बन्धित निकायको सिफारिसमा न्यून आय भयका , बेरोजगार र गरिबीको अबस्थामा रहेका कोरोनासंक्रमित नेपालीहरुलाई सरकारले अनिबार्य रुपमा नि-शुल्क PCR साथै उपचार गराउनुपर्ने कुरा पनि डा.सैयदले जोडदार माग गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१