नक्सा सानाे आकार प्रयाेग गर्दा लिम्पयाधुरा देखिएनः प्रम सचिवालय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ कार्तिक २०७७, शनिबार ०४:४१

प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंको उपलक्षमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापम सानाे भएकाले लिम्पियाधुरासहितकाे चुच्चे नक्सा नदेखिएकाे सचिवालयले जनाएकाे छ ।

लिम्पियाधुरासहितको नेपालको नक्सा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्साको औपचारिक प्रयोगका लागि संसदको सर्वसम्मतिमा संविधान संशोधन नै गरिएको बताउँदै तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम प्रधानमन्त्रीकै दृढ र साहसिक नेतृत्वमा चालिएको धेरै समय नभएको थापाको जिकिर छ ।

प्रम सचिवालयले नक्सालाई विवादमा तान्न खोजिएकोप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसबारे स्पष्टिकरण दिँदै भनेका छन्, ‘नक्साको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वभाविक हो । यस तथ्यलाई केही ठूलो आकारको सोही नक्सामा प्रष्ट देख्न सकिन्छ । डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यको नजिक पुग्नसमेत आग्रह गर्दछु ।’

प्रेस नाेट
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंकाे उपलक्षमा ट्वीट गर्नुभएकाे शुभकामनामा प्रयाेग भएकाे निशान छापमा रहेकाे नक्सालाई विवादमा तान्न खाेजिएकाेप्रति गंभीर ध्यानाकर्षण भएकाे छ ।
नक्साकाे सानाे आकार प्रयाेग गर्दा यस्ताे हुनु स्वभाविक हाे । यस तथ्यलाई केही ठूलाे आकारकाे साेही नक्सामा प्रष्ट देख्न सकिन्छ । डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखाेजेर नक्साकाे राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यकाे आधारमा सत्यकाे नजिक पुग्नसमेत अाग्रह गर्दछु ।
लिम्पियाधुरासहितकाे नेपालकाे नक्सा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्साकाे आैपचारिक प्रयाेगका लागि संसदकाे सर्वसम्मतिमा संविधान संशाेधन नै गरिएकाे हाे । तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम सम्माननीय प्रधानमन्त्रीकै दृढ र साहसिक नेतृत्वमा चालिएको धेरै समय भएको छैन ।
अहिले यस विषयमा याेजनबद्द रूपमा सिर्जना गर्न खाेजिएकाे भ्रम अनुचित छ । त्यस्ताे कुनै भ्रम र कुप्रचारकाे अन्याेलमा नपर्न सबै न्यायप्रेमी, देशभक्त र जिज्ञासु महानुभावहरूमा हार्दिक अनुराेध गर्न चाहन्छु ।

सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
७ कात्तिक २०७७

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१