डाइटिङ नगरी शरीर घटाउन यस्ता कुरामा ध्यान दिउँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ कार्तिक २०७७, शनिबार ०४:३८

खानाको उचित संयोजन गरे डाइटिङ्ग नगरी पनि आफ्नो शरीर घटाउन सकिन्छ । भोको बसेर शरीर कमजोर मात्र हुन्छ भने मानसिक असर पनि पर्न सक्छ । खानालाई मिलाएर खाने र सामान्य शारीरिक अभ्यासले मात्र पनि शरीरलाई सामान्य अवस्थामा राख्न सकिने तथ्यहरुले पुष्टी गरिसकेका छन् ।

हामीले खाएका हरेक खानेकुरामा शरीरलाई काम लाग्ने कुरा नै हुन्छन् भन्ने हुन्न । अधिक क्यालोरीले पनि शरीरलाई असर गर्दछ । कृतिम रुपमा बनेका चकलेट, आइसक्रिम, बेकरी आइटम लगायतका खानेकुरामा कैलोरी अत्याधिक हुने भएकोले यस्ता खानेकुराले शरीरलाई हानी पुर्‍याउने गर्छ ।

यस्ता कैलोरीयुक्त खानेकुराबाट बच्नकोलागि कुन खानेकुरामा कति कैलोरी हुन्छ भनेर जान्न आवश्यक छ । तसर्थ हाम्रो शरीरलाई चाहिने क्यालोरीका बारेमा हामीलाई ज्ञान हुनु जरुरी छ ।

त्यसैगरि कुन खानेकुरामा कति क्यालोरी छ भन्ने हेक्का पनि हामीमा हुनु आवश्यक छ । क्यालोरीको ज्ञान भए हामी आफूले खाएका खानेकुराबाट नै शरीरलाई तन्दुरुस्त राख्न सक्छौं ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१