प्रचण्डको ओलीलाई काउन्टर जवाफ : कर्णाली पार्टी इन्चार्जलाई निर्देशनात्मक पत्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ कार्तिक २०७७, शनिबार ०४:३६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेशमा देखिएको विवादका विषयमा पार्टीका कर्णाली इन्चार्जलाई पत्राचार गरेका छन् । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेर निवर्तमान प्रमुख सचेतक गुलाबजंग शाहलाई पूर्वपदमा कायम राख्न निर्देशन दिएपछि प्रचण्डले पार्टी इन्चार्जलाई नै पत्राचार गरेका छन् ।

पत्रमा लेखिएको छ, ‘हामी दुई अध्यक्षहरुबीच कार्तिक ४ गते मंगलबार बिहान प्रधानमनत्री निवास बालुवाटारमा भएको घेटघाटमा कर्णाली प्रदेशको विषयमा छलफल भई अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको थियो । यो समझदारी र हाम्रो दलको प्रदेशसभा सदस्यको भावना र मर्म अनुसार कार्यान्वयन गर्न निर्देशन गर्दछु ।’

प्रचण्डले पत्रको बोधार्थ सहइन्चार्जत्रय यमलाल कंडेल, प्रकाश ज्वाला र कालीबहादुर मल्ल, नेकपा प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मालाई दिइएको छ । प्रदेश कमिटी इन्चार्ज भने स्थायी कमिटी सदस्य जनार्दन शर्मा रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१