पल्पसा परिसरमा मकवानपुर उद्योग वाणिज्य संघको दशैं राहत सामग्री वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ कार्तिक २०७७, बिहीबार ०६:२५

मकवानपुर। मकवानपुर उद्योग वाणिज्य संघले बुधबार ८० विपन्न परिवारलाई दशैं राहत सामग्री वितरण गरेको छ । कोभिड १९ को कारण प्रभावित र आर्थिक अवस्था कमजोर भएका परिवारलाई दशैं राहत सामग्री वितरण गरिएको हो । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता र संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीको प्रमुख आतिथ्यतामा राहत सामग्री वितरण गरिएको थियो ।

प्रमुख अतिथि सुमार्गीले मकवानपुर उद्योग वाणिज्य संघले आपतकालिन अवस्थाहरुमा अग्रणी भूमिका खेल्दै आएको र त्यसैको निरन्तरताकोरुपमा यो कोरोनाको अवधिमा गरेको थुप्रै कार्यहरु मध्ये विपन्नलाई राहत सामग्री वितरण कार्यक्रम एक रहेको बताए । यो रोगको बारेमा हेलचेक्र्याई नगरी, वडा दशैं पनि भीडभाड नगरी फरक तरिकाले मनाउनु पर्ने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गुर्नपर्ने धारणा राख्दै वडा दशैंको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा महासचिव प्रमोदसिंह रानाभाट हेटौंडा–११ का वडा सदस्य जुनु दहाल प्याकुरेल, कार्यक्रम संयोजक कृष्ण कुमार गुप्ता र सचिव सन्तोष कुमार अर्यालको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१