युवा नेता दावा लामाद्वारा काठमाडौँ देखि भुम्लुसम्म नि:शुल्क बसको व्यवस्था

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ कार्तिक २०७७, बुधबार ०५:०६

काभ्रे । नेपाली कंग्रेस नेता दावा लामाले दशैमा काठमाडौँ देखि भुम्लुसम्म नि:शुल्क बसको व्यवस्था गरेका छन् । भुम्लु गाउँपालिकाले बडा दशै २०७७ को पावन अबसरमा सम्पूर्ण भुम्लु गाउँपालिकाका जनताको लागि साथै काठमाडौं बाट भुम्लु जाने सबैलाई नि:स्शुल्क सबारी साधन को ब्यबस्था गरिएको नेपाल तरुण दलका जिल्ला अध्यक्ष तथा समाजसेवी युवा नेता दावा लामाले जानकारी दिएका छन् ।

कोरोना भाइरसको महामारीको कारणले गर्दा पर्याप्त मात्रामा सवारी साधन सन्चालनमा नभएको भन्दै नेता दावा लामाको बिशेष पहलमा सो कार्यक्रम सन्चालन गरेको स्रोतले जनाएको छ।

नेपालीहरूको महान चाड बडा दशैं जस्तो पर्वमा पनि जनताको लागि सवारी साधन आबश्यकता मात्रमा नभएको हुनाले थप सहयोगको लागि नेपाली कंग्रेस भुम्लु गाउँपालिकाले काठमाडौँ देखि भुम्लु सम्म नि शुल्क साधनको ब्यबस्थापन गरेको हुनाले भुम्लु जाने सबैले समयमा नै सम्पर्क गर्न नेता लामाले आग्रह गरेका छन् । निम्न मिति, समय र गते को दिन सबैलाई समयमा नै उपस्थित हुन सबैलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१