काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०६७ चैत महिनादेखि मासिक पारिश्रमिक नलिएको उनको प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । सोमबार राति सामाजिक सञ्जालमार्फत उनले यस्तो जनाएका हुन् ।
कोरोना महामारी नियन्त्रणमा नआउन्जेल नलिने पहिले नै घोषणा गरेको स्मरण गराउँदै उनले भनेका छन्, ‘मन्त्रिपरिषद्का सदस्यहरूले दशैं भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । यो निर्णयको तेस्रो दिन मात्रै संसद सचिवालयमा दशै भत्ता फिर्ता गर्न निवेदन दिने पदाधिकारी र सदस्यहरूलाई धन्यवाद छ ।’
हेर्नुहोस् सल्लाहकार थापाको स्ट्याटस्ः
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ चैत महिनादेखि मासिक पारिश्रमिक लिनुभएको छैन र कोरोना महामारी नियन्त्रणमा नआउन्जेल नलिने घोषणा पहिल्यै गर्नुभएको सबैमा अवगत नै छ ।
मन्त्रिपरिषद्का सदस्यहरूले दशैं भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । यो निर्णयको तेस्रो दिन मात्रै संसद सचिवालयमा दशै भत्ता फिर्ता गर्न निवेदन दिने पदाधिकारी र सदस्यहरूलाई धन्यवाद छ । सबैको प्रयाशले कोरोना कोषमा केही योगदान पुग्ने भयो !
प्रतिक्रिया