काठमाडौं क्षेत्र नं ४ आनिगुम्बा खहरे निर्माण योजनाको निरीक्षण डा.राजन भट्टराई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ कार्तिक २०७७, सोमबार ०५:४४

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा.राजन भट्टराईले काठमाडौं क्षेत्र नं ४ कपन क्षेत्रको  आनिगुम्बा खहरे निर्माण योजनाको निरीक्षण गरेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,वडा -११ का अध्यक्ष राजु अधिकारी , वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई  स्थानीय नेता तथा कार्यकर्ता सहित योजना स्थलमा पुगेका डा.भट्टराईले निर्माण अवस्था ,जटिलता र समस्यका वारेमा जानकारी लिएका थिए।

सो अवसरमा डा. भट्टराईले वडा नं १० कार्यालय अगाडीको सडक ढलान ,आनिगुम्बा खहरे निर्माण लगायतका योजनाहरुको अनुगमन गरेका थिए। स्थलगत अनुगमनपछि बूनपा १०, ११ र १२ का वडाध्यक्षहरुले डुबान समस्याको दीर्घकालीन समाधानको बाटो खोज्न डा. भट्टराई सहित आफूहरु लागि सक्रिय भई समस्या समाधान गरेरै छोड्ने बताए । स्थलगत अनुगमनको क्रममा डा. भट्टराईले डुबान क्षेत्रबाट जनताले जसरी भएपनि मुक्ति पाउनुपर्ने बताउँदै माथिल्लो निकायबाट गर्नुपर्ने बजेट तथा अन्य प्रबन्ध आफूले मिलाउने बताउँदै आवश्यक प्रक्रिया पुर्याएर अगाडि बढ्न र जनताको हित र माग अनुसारका योजना तय गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

अनुगमनमा डा. भट्टराई सहित बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, ११ का अध्यक्ष राजु अधिकारी, १२ का अध्यक्ष शम्भु भट्टराई, समाजसेवी मिठाराम अधिकारी लगायत वडा सदस्यहरु र स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१