हेल्मेटमा लुकाएर ल्याएको १० लाख रुपैयाँसहित पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ कार्तिक २०७७, सोमबार ०५:०२

वीरगञ्ज। रौतहटमा हेल्मेटमा लुकाएर ल्याइएको १० लाख रुपैयाँसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका ७ बस्ने २० वर्षका दीपक पटेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहटको ईशनाथ नगरपालिका ७ स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको १० लाख रुपैयाँसहित उनलाई पक्राउ गरेको हो ।

ना ५३ प ६२८४ नम्बरको मोटरसाइकलमा भारततर्फबाट नेपालको जयनगर गाउँतर्फ आउँदै गरेको पटेललाई चेकजाँच गर्दा हेल्मेटमा लुकाएर ल्याएको सो रकम बरामद भएको प्रहरीले जनाएको छ।

हेल्मेटमा लुकाएर ल्याइएको एक हजार दरकाा ८ सय वटा गड्डीमा ८ लाख रुपैयाँ र ५ सय दरको ४ सय वटा गड्डीमा २ लाख गरी जम्मा १० लाख स्रोत नखुलेको रकम पटेलको साथबाट बरामद गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ।

रकमसहित पक्राउ परेका युवकलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१