सरकारले यस्ता व्यक्तिको मात्र कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ कार्तिक २०७७, सोमबार ०४:५९

काठमाडौं । अबदेखि कोभिड–१९ को परीक्षण र उपचार खर्च सरकारले निःशुल्क नगर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ताडा. जागेश्वर गौतमले अबदेखि कोरोना भाइरसको उपचार व्यक्तिले आफ्नै खर्चमा गर्नुपर्ने भएको जानकारी दिएका हुन् ।

सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक लगायतलाई भने निःशुल्क उपचार गर्ने उनले बताए । डा. गौतमले उक्त निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू जानकारी दिए ।

गौतमका अनुसार जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१