देशभर २५ हजार ४३८ कोरोना संक्रमित होम आइसोलेसनमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ कार्तिक २०७७, आईतवार ०४:५९

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्मको तथ्यांकअनुसार देशभर २५ हजार ४३८ जना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

प्रदेश अनुसार प्रदेश १ मा ४ हजार १२५, प्रदेश २ मा ७६५, बागमती प्रदेशमा १५ हजार ९९८, गण्डकी प्रदेशमा ९३०, लुम्बिनी प्रदेशमा २ हजार २८२, कर्णाली प्रदेशमा ७१९ र सुदुरपश्चिम प्रदेशमा ६२१ कोरोना संक्रमित होम आइसोलेसनमा छन्।

त्यसैगरी, संस्थागत आइसोलेसनमा बस्नेको संख्या १३ हजार २९९ रहेको छ।

प्रदेश अनुसार प्रदेश १ मा ४ हजार १२९, प्रदेश २ मा ६६४, बागमती प्रदेशमा ८ हजार १९२, गण्डकी प्रदेशमा ७८१, लुम्बिनी प्रदेशमा १ हजार ७४९, कर्णाली प्रदेशमा ३९८ र सुदुरपश्चिम प्रदेशमा ३८६ कोरोना संक्रमित संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१