काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि ललितपुरमा आइतबारदेखि ‘सेमी-लकडाउन’ हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कात्तिक २ गतेदेखि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले ‘सेमी-लकडाउन’ गरेर कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि प्रयास गरिने नागरिकखबरलाई जानकारी दिए ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँग छलफल गरेर अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको जनाएको छ । सवारी साधनमा भने यसअघि नै जोरबिजोर लागू भइरहेको छ ।
प्रतिक्रिया