नियमित पूजा बाहेक भक्तजनकाे लागि मन्दिर तथा शक्तिपीठ नखाेल्न आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ कार्तिक २०७७, शनिबार ०४:१९

काठमाडौं। गृह मन्त्रालयले दशैँको बेला मन्दिर तथा शक्तिपीठहरु नियमित पूजा गर्नबाहेक भक्तजनको लागि खुला नगर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्दिर तथा शक्तिपीठहरुमा भिडभाड हुँदा कोभिड १९ सङ्क्रमणको जोखिम झनै बढ्ने भएकाले नियमित पूजाबाहेकमा रोक लगाइएको जानकारी दिए ।

मन्दिरमा भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरिरहेकाले त्यसको कार्यान्वयनका लागि गृह मन्त्रालयले सहयोग गर्ने उनले बताए ।

बडादशैँको बेला विभिन्न शक्तिपीठहरुमा विशेष पूजाआजा गरिन्छ र धेरै सङ्ख्यामा भक्तालुहरु पुग्ने गर्छन् । त्यसैले मन्दिरहरुमा हुन सक्ने भिडभाडलाई ध्यान दिँदै सरकारले नियमित पूजाआजा बाहेकका सबै धार्मिक र सांस्कृतिक गतिविधि गर्नमा रोक लगाएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१