नक्कली भिसा देखाएर क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० आश्विन २०७७, शुक्रबार ०५:२९

काठमाडौं। महानगरीय अपराध महाशाखाले नक्कली भिसा देखाएर क्रोएसिया पठाउने भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरी डाक्नेश्वरी नपा ६ औरही स्थायी ठेगाना भएका मोहम्मद सहजाद आलम र सिन्धुली कमलामाई नपा ११ भिरगाँउका सुकवान वाईबा रहेको अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

उनीहरुले क्रोएसियामा राम्रो रोजगारीको प्रलोभन देखाएर ९ जनासँग प्रतिव्यक्ति ३ लाख ७ हजारका दरले रकम असुलेको खुलेको छ ।

उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि महाशाखाले प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१