बढी भाडा लिने विरुद्ध थप कडा कारबाही गर्दै ट्राफिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ आश्विन २०७७, बिहीबार ०५:१७

काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ । ट्राफिक महाशाखाले क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने भाडाका सवारी साधन, मिटरमा जान नमान्ने र यात्रु लिन इन्कार गर्ने ट्याक्सिहरुको अनुगमन र कारवाहीमा तीब्रता दिएको छ ।

यात्रुको चाप बढी हुने रुटमा बिशेष चेक प्वाइन्टहरु राखी सवारी साधनको चेकजाँचमा कडाई गर्दै बढी भाडा लिने ४४ वटा बस तथा ६६ वटा ट्याक्सीलाई कारबाही गरेकोछ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले चाडपर्व लक्षित बिशेष योजनालाई मध्यनजर गरी सादा पोशाकमा समेत ट्राफिक प्रहरी खटाएर बढी भाडा लिने विरुद्ध कारवाही अभियान चलाएको जानकारी दिए ।

उनले यात्रुमाथि हुने जोखिमलाई मध्येनजर गरी उपत्यकाका बसपार्क एव मूख्य भीडभाड हुने चोकहरुमा चेकजाँच गरि स्वास्थ्य मापदण्ड पालना गरे नगरेको र यात्रुसँग बढी भाडा लिने गरे नगरेको अनुगमनलाई तीब्रता दिई थप कडा कारबाही गर्न थालेको बताए ।

उनले असोज महिनामा मात्रै सिट क्षमताभन्दा बढी यात्रु राख्ने, स्वास्थ्य मापदण्ड पालना नगर्ने १५,४५१ वटा सवारी साधनलाई सम्झाई बुझाई गरि सुधार गर्ने प्रतिबद्धता पश्चात छाडेको समेत जानकारी दिए ।

महाशाखाले यात्रुको सुरक्षामा ध्यान दिन, क्षमता भन्दा बढी यात्रु नराख्न र स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्न समेत सबै यातायात व्यवसायी एवम् यात्रु वर्गमा अनुरोध समेत गरेकोछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१