नेकपा प्रवक्तालाई डा. भट्टराईले जस्केलाबाट छिरेको भन्दै तुजुक नदेखाउन भने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ आश्विन २०७७, बिहीबार ०५:१०

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले केही दिन अघि शीर्ष नेताहरुले अर्बौ रकम भ्रष्टाचार गरेको आफूसँग प्रमाण रहेको धारणा सार्वजनिक गरेका थिए । उनको उक्त भनाईको चौतर्फी विरोध भएको थियो । नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विज्ञप्ति जारी गर्दै उनलाई उक्त अभिव्यक्तिको प्रमाण पेश गर्न चुनौति समेत दिएका छन् ।

यसै सन्दर्भमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधवार एक विज्ञप्ति जारी गर्दै उनको अभिव्यक्ति दुरासययुक्त, झुट र कपोलकल्पित भन्दै भर्त्सना गरेका थिए । त्यसको प्रत्युत्तरमा डा. भट्टराईले प्रवक्ता श्रेष्ठलाई जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग, यति, ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गर्न माग पनि गरेका छन् ।

उनले भनेका छन्, “बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।”

हेर्नुहोस् डा. भट्टराईको सामाजिक सञ्जालमा जारी टिप्पणीः–

बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ !

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१