मन्त्रिपरिषद् हेरफेर र बिस्तारमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको असहमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ आश्विन २०७७, बिहीबार ०५:०५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बिस्तार र हेरफेर गरेकोप्रति नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असहमति जनाएका छन् ।

आफू निकटसँग प्रचण्डले भने, ‘पार्टीमा छलफल गरेर गर्नुपर्नेमा त्यसो हुन सकेन । जनताको अपेक्षा अनुसारको काम गर्ने व्यक्तिलाई मन्त्रिपरिषदमा लैजानु पर्नेमा अहिले त्यो भएन । यो स्थायी कमिटी बैठकको निर्णयको विरुद्धमा छ ।’

मन्त्रीहरुको नाम टुंगो लगाउनुपूर्व अध्यक्षद्वय ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो । ओलीले मन्त्री परिषद् बिस्तार तथा हेरफेरका लागि प्रस्ताव गरेपछि प्रचण्डले थप छलफल गरेर बिस्तार गर्न आग्रह गरेका थिए ।

तर, ओलीले आफूले मन्त्रिपरिषद् बिस्तार र हेरफेर गर्ने जानकारी गराएका बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले अर्थ मन्त्रीमा नेकपा महासचिव विष्णु पौडेल, सहरी विकासमा कृष्णगोपाल श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमा पार्वत गुरुङलाई नियुक्त गरेका छन् ।

लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी दिएका प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफूसँगै राखेर ईश्वर पोखरेललाई उपप्रधानसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१